पाँचथर । चारजना प्रदेश सभा सदस्य सवार गाडी र प्रहरी नायव उपरीक्षक सवार गाडी ठक्कर भएको छ । झापावाट विराटनगर तर्फ गईरहेको चारजना सांसदहरु सवार गाडीलाई विपरित दिशावाट आएको प्रहरी नायव उपरीक्षक सवार बा ५ च ३५२० नम्बरको रातो कारले सोमबार ठक्कर दिएको छ।
प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती सहित कोशी प्रदेश सभा सदस्यहरु साधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार बिएइ १४०६ नम्बरको गाडी दुर्घटनामा परेको हो । झापावाट विराटनगर तर्फ गईरहेको सांसदहरु सवार गाडीलाई विपरित दिशावाट आएको बा ५ च ३५२० नम्बरको रातो कारले सोमबार ठक्कर दिएको छ।
प्रदेश सभा सदस्यहरु सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुवै गाडीमा सवार चालक र यात्रुलाई कुनै गंभीर चोटपटक भने लागेन । प्रदेश सभामा सोमबार प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरु झापावाट विराटनगर तर्फ जादै थिए ।
पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ निबासी तथा प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
सांसद श्रेष्ठ लावती नेपाली कांग्रेसकी पाँचथर प्रदेश कार्यसमिति ख की सभापती समेत हुन् । यस्तै राधाकृष्ण खनाल झापा क्षेत्र नम्बर ४ ९१० बाट निर्वाचित एमालेका सांसद हुन् । नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् ।













प्रतिक्रिया