कला । मनोरञ्जन

कलासंस्कृति प्रर्बद्धन प्रतियोगिता



पाँचथर ।   रैथाने कला सास्कृती लोप भएको भन्दै पाँचथरमा जिल्ला स्तरीय साकेला सास्कृतिक नृत्य प्रतियोगितामा आयोजना भएको छ । जिल्लामा रहेको आठै पालिकाहरुबाट आएको राई समुदायले आफ्नो साँस्कृतिक नृत्य साकेला सिली प्रतियोगिता गरेका हुन । फिदिम बजारमा आयोजना भएको सकेलासिल नृत्यमा फिदिम नगरपालिका–३ का नाम्दावा साकेला टोली प्रथम भएकाछन् । प्रतियोगितामा फालेलुङ गाउँपालिका–६ का सुम्निमा पारुहाङ सांस्कृतिक समूह दोस्रो भएका हुन र तुम्मेवा गाउँपालिका–४ को यायोक्खा वडा समिति तेस्रो भएको किरात राई यायोक्खा जिल्ला अध्यक्ष गणेश साम्पाङले जानकारी दिनुभयो ।

प्रतियोगि प्रथमले नगद ३० हजार, दोस्रोले नगद २५ हजार र तेस्रोले नगरद २० हजार नगद पुरस्कार फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले वितरण गर्नु भयो । किरात राई यायोक्खाको आयोजना र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा पर्व उभौलीको अवसरमा आयोजना गरिएको थियो । किरात समुदायले वैशाख पूर्णिमाका दिन उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाउने परम्परा रहेको छ ।

यी पर्वहरूमा साकेला सिली नाच्दै, पूजापाठ गर्दै सामूहिक रुपमा उत्सव मनाउने चलनलाई प्रतियोगिताको आयोजना गरी कलासंस्कृति सरक्षण गरीएको नगर प्रमुख काफ्लेको भनाइ छ । कार्यक्रमको अवसरमा समुदायलाई योगदान र्पुयाउँदै आएका नरेन्द्र राई, रामविर राई र महिनसिंह राईलाई सम्मान सम्मानी गरीएको थियो ।

प्रतियोगिताको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला, किरात राई यायोक्खा केन्द्रीय सदस्य कर्सिङ राई, नेपाल आदिवासी जनजाति महासंघ पाँचथर अध्यक्ष सागर केरुङले सास्कृतिन संरक्षण र प्रर्बद्धनका बारेमा मन्तब्य राखेका थिए ।

प्रकाशित : ४ जेष्ठ २०८२, आइतबार, ,