घटना

भरुवा बन्दुक पड्किदा सुन्दर सारु मगरको मृत्यु



पाँचथर  ।  फिदिम नगरपालिका वडा नं.९ दरेनी बस्ने २० बर्षिय सुन्दर सारु मगर भरुवा बन्दुक पड्कीए मृत्यु भएको छ । ३० गते रातीको समय फाल्गुनन्द गाउँपालिका वडा नं १ स्थित जंगलमा गएको बेला भरुवा बन्दुक पड्किदा सारु मगरको पेटमा लागि ससख्त घाईते भएर जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतकसँगै गएका ३३ बर्षिय मन बहादुर सम्बाहाम्फेलाई ३१ गते भरुवा बन्दुक सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नवमीडाँडाबाट ८ किलो मिटर पुर्ब भएको घटनास्थल प्रहरी चौकी नवमीडाँडाका प्रहरी पुगेका थिए ।

प्रकाशित : ३१ बैशाख २०८२, बुधबार, ,