खेलकुद

फुटबल खेल संचालन गर्ने जनशत्ती रेफ्री बढाउदै



पाँचथर ।   फुटबल खेल संचालन धेरै संख्यामा हुने गरेको छ । फुटबल खेल खेलाउने आधिकारी रेफ्री नुहदा खेल विवादले जिउधनको समेत क्षती हुने गरेको छ । खासमा जनशत्ती नहुदा फुटबलहरु खेल नियममा संचालन नभएर खेलाडी र आयोजकहरु निरास हुने गरेकाछन् । सामान्य फुटबल खेल खेलाउन जिल्ला बाहिरबाट रेफ्री ल्याउनु पर्दाको खर्चिलो र जनशत्तीको अभावमा खेल तालिका हेरफेर गरिरहनु पर्ने दिनको समेत अन्त्य गर्न पाँचथर जिल्लामा तिर्चालीस जनाले फुटकल  रेफरी तालिमा लिएकाछन् । यसअघि फुटबल रेफ्री तालिम लिन उपत्यकानै पुग्नु पर्ने हुन्थ्यो । फुटबल रेफ्री तालिम नजिकै भएर पाँचथर च्याङथापुका प्रविण बेघाले उत्साहित छ ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा र धनकुटा जिल्लाका दुई महिलासहित ४३ खेलाडीहरुले फुटबल रेफ्री तालिम लिएकाछन् । जिल्ला तथा स्थानीय तहहरुमा बर्षेनी दुइदर्जबढि फुटबल खेल प्रतियोगिता आयोजन गर्दैआएका छन् तर रेफ्री अभावमा कतिपय खेल संचालन गर्न सक्ने अवस्था नभएको गुनासो हुने गरेको छ । तालिम प्राप्त र आधिकारीक रेफ्री बिनाको खेल बिबाद र अन्योज सिर्जना गरेर खेलाडी र आयोजकले तनाव लिनु दिनको अन्त्य गर्न तालिम संचालन गरिएको अखिल नेपाल फुटकल संघ पाँचथर अध्यक्ष गणेस राईले बताए ।
जिल्लामा दुइदजर्न बढि सानाठुला खेलमैदानहरु बनेकाछन् । नियमित अभ्यास गर्न रेफ्री अभाव हुने गरेको थियो । जिल्लाको आठ पालिकाहरुले बर्सेनि रकम बिनीयोजन गरेर फुटबल खेल संचालन हुने गरेको छ ।  लाखौ रकम लगानी गरेर खेलमैदान सुधार हुने गरेको छ । तर फुटबल रेफ्री नहुदा खेल नियमले अभ्यास नहुदा खेलाडीको खेल विकास नभएको फुटबल प्रशिक्षक  सहायक फिपा रेफ्री मधुसुधन खनाल बताउछ ।
तिनै तहका सरकारबाट फुटबल खेलका लागि सहयोग हुने गरेको छ । फुटबल खेल संचालन गरेर बर्षेनि पाँच करोड बढिको खेलकुद कारोबार भएर खेलाडी र स्थानीयले फाइदा दिने गरेको खेलाडी र जनप्रतिनिधीहरुले जनाएकाछन् ।

प्रकाशित : ३० बैशाख २०८२, मंगलबार, ,