पाँचथर । विकासवादी नेता पुर्व मन्त्री स्व। पद्मसुन्दर लावतीको स्मृतिमा स्थापन गरीएको पद्मसुन्दर लाओती प्रतिष्ठान सोमबार फिदिममा कार्यालय स्थापन गरिएको छ । जिल्ला प्रशांसन कार्यालय पाँचथरमा २०८० साल पुष २३ गते प्रतिष्ठान दर्ता भएको हो ।
१९९६ सालमा श्रावण ७ गते पाँचथर जिल्लाको यासक भदौरे जन्मुन भएका पद्मसुन्दर लावती २०७१ असार २७ गते देहसान हुनु भएका थिए । २०२१ सालमा यासक गाँउपञ्चायतबाट सकृय राजनैतिक सुरु गर्नु भएको थियो । २०३४ सालमा स्वास्थ्य मन्त्री भएर क्रमस गृह, सामान्य प्रशासन, उद्योग, संचार, भुमि सुधार र कृषि मन्त्री भएर राजनीतिक तथा सामाजिक मर्यादित पदिय जिम्मेवारीे निर्भाह गर्नु भयो । पदमा रहने क्रममा देस तथा समाजमा पु¥याउनु भएको उच्च योगदान अविस्मरणीय कार्यप्रति सम्झन सकिने गरी पुर्व मन्त्री तथा विकासवादी नेताको रुपमा स्थापित हुनु भएको भन्दै उहाँको सम्मानमा प्रतिष्ठान स्थापना गरेको सस्थाको कार्यालय खालि सामाजिक कार्य गर्ने कोषमा सातलाख रकम जम्मा भएको छ भने आगामि दिनमा पचास लाखको कोष बनाएर सामाजिका कार्यमा लगानी गर्ने प्रतिष्ठानका सल्लाहाकार एवं पुर्व उपरथी होमकुमार लावतीले बताउनु भयो ।
प्रदेस सभासदस्य तथा पापोहाङ लाओती सयङ केन्द्रीय सहअध्यक्ष मैया श्रेष्ठ लाओतीले कार्यालय उदघाटन गर्नुभयो । उद्घाटन गर्नुहुदै सभासद श्रेष्ठले स्वार्गीय पद्मसुन्दर लाओतीको योगदानले आज पनि पाँचथरको विकास र चिनारीको रोडम्याप बनेको दावि गर्नु भयो । कार्यक्रममा लाओती सयङका केन्द्रीय अध्यक्ष जितबहादुर लावतीले प्रतिष्ठानको सामाजिक कार्य लोकप्रिय हुनपर्ने छ जस्ले पद्मसुन्दरको झल्को दिने गरीका कार्य हुनुपर्ने माग गर्नुभयो ।
सोही समयमा पापोहाङ लाओती सयङको केन्द्रीय कार्यालय पनि उद्घाटन भएको थियो । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले पद्मसुन्दर लाओतीको योगदानले पाँचथर जिल्लाले विकासमा रुपरेखा परिवर्तन गर्ने कार्यहरु सुरु भएको चर्चा गर्नु भयो ।
देहसान भएकाले स्व। पद्मसुन्दर लाओतीको नाममा प्रतिष्ठान स्थापना गरी उहाँको अधुरो सामाजिक तता विकासका कार्यहरु पुरा गर्ने अभिप्रायहरु सन्देस प्रभाह गर्न र आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, खेलकुद, कला तथा साहित्य क्षेत्रबाट समाज रुपान्तरण गर्नेहरुलाई सम्मान गरीनेछन् । विकासवादी नेता उपाधि दिन थालिएका स्व।पद्मसुन्दर लावतीको शालिक पाँचथर फिदिम बजार र यासक बजारको मध्यभागमा निर्माण गरिएको छ । लावतीको जिवनी र योगदानको झल्को दिने संछिप्त जिवनी वृत्रचित्र निर्माण तथा र ब्रोसियहरु छापिएकाछन् । लावतीको जिवनी पुस्तक दोस्रो सस्करण एक हजारप्रति प्रकासन गरीयो । उहाँको नाममा बिभिन्न स्थानहरुमा नगद तथा सामग्रीहरु सहयोग अभियान भइरहेको स्वार्गीय लावतीको छोरा सगुन सन्दर लावतीले जानकारी दिनु भयो ।
२०२१ सालबाट जनप्रतिनिधिको रुपमा चुनिनु भएको लावतीले पटक पटक संसद र २०५२ सालसम्म मन्त्री समेत बन्नु भएको थियो । उहाँ राप्रपा पार्टीको महामन्त्री र सहअध्यक्ष समेत हुनु भयो । पाँचथर जिल्लामा २०३२ सालदेखि मेचीराजमार्ग चारआलीदेखि ताप्लेजुङसम्म जनश्रमदान जुटाएर सडक बनाउने अभियान चलाएको लावती पाँचथर जिल्लामा २०३५ साल विद्युत पावर निर्माण र विद्युत विस्तार गर्नु भयो ।
पाँचथर अस्पताल र पाँचथर क्याम्पस स्थापना र जग्गा प्राप्ती महत्वपुण योगदान रहेको छ । त्यसैगरी खाद्य संस्थान कार्यालय, जिल्लाको सदरमुकाम केन्द्र फिदिम स्थापना गर्ने भुमिका रहेको थियो । २०२५ साल राँके, रवि, भेरेटार सडक ट्याक ओपन, तमोर कोरीडोर सडक संभाव्यता २०२२ र सोहि समय फिदिम बजारमा सरकारी कार्यालयहरु स्थापना थार्नु भएको थियो । लावतीले गाँउघरमा स्वास्थ्य चौकि, प्रहरी चौकि र बैङ्कहरु स्थापना, सिचाइ कुलो र खानेपानी निर्माण, विद्यालय स्थापना तथा भवन निर्माणमा अतुलनीय योगदान गरेकै कारण विकासवादी नेताको रुपमा चिर परिचित हुनुभएको समिति अध्यक्ष बिजयबोध लावतीले बताउनु भयो ।













प्रतिक्रिया