पाँचथर । पाँचथर जिल्लाको फिदिम माविको खुलमैदानमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जनाए पनि उहाको स्वास्थ्यमा भएको समस्याका कारण २७ गते हुने भएको छ ।
बैशाख २५ गते हुने जनसभाको तयारी पुरा भएको अवस्थमा आकस्मित स्वास्थ्य समस्याले डाक्टरको रायसुझाव अनुसार आराम गर्नुपर्ने भएपछि कार्यक्रम २७ गते सारिएको जनसभा प्रचारप्रसार संयोेजक तथा नेकपा माओवादी केन्द्र पाँचथर सहइर्चाज दिनेस कुमार लावती बताए ।
देसमा बढ्दो बेथिति अन्त्य गर्न र ब्यवस्था माथि भएको प्रहारको प्रतिकार गर्न पुर्वप्रधानमन्त्री प्रचण्डको सहभागिमा जनसभा आयोजना फिदिममा गर्न लागिएको
हो । देश भ्रट विचौलियाहरुको अखडा बनेको र मुलुक अस्तव्यस्त अवस्थामा जनतामा व्यापक निराशा छाएपछि हजारौं जनताको वलिदानबाट प्राप्त सङघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि प्रतिगामी तत्वहरुले प्रहार गर्ने दुस्साहसको विरुद्ध जनसभा गर्न लागेको नेकपा माओवादी केन्द्र पाँचथर संयोजक विसाल रसाईलीले बताए ।
भ्रष्टाचार बिकृति र वर्तमान व्यवस्था विरोधी प्रतिगामी हर्कतहरुको विरुद्ध र सुशासन तथा सङघिय गणतन्त्रको पक्षमा कार्यक्रम गर्न वरडाडा अदालत छेउ, सनीवारे बजार र क्याम्पस मोड आहालगैरीबाट एकैसाथ बिरोध ¥याली सहितको सास्कृतिक झाकिहरु हुने पार्टी जिल्ला इर्चाज सीता थेवेले जनाएका हुन ।













प्रतिक्रिया