पाँचथर । वाइसिएल नेपाल पाँचथर जिल्लाको तेस्रो सम्मेलनबाट अध्यक्षमा गणेश तुम्रोक निर्वाचित भएको छ । फिदिममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युष्टि लिग नेपाल (वाइसिएल) तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्ष तुम्रोक सहित ५१ कार्यसमिति निर्वाचत भएकाछन् ।
समितिको उपाध्यक्षहरुमा राजन त्रीखत्री,आयुस्मा आङ्देम्बे, बालेनहाङ लावती निर्वाचित भएकाछन् । सचीव पदमा ग्याजो शेर्पा, सहसचीवहरुमा भने सागर जबेगु, वसन्त आङ्बो, प्रकाश भट्टराई, भिम बेघा र बिनोद माङ्युङ निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्ष अनिता तुम्बापो सहित ३७ जना सदस्य निवाचित भएको जनाएकाछन् ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य इन्द्रबहादुर आङबो, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ, केन्द्र्रीय सदस्य सीता थेबे, वाइसिएल नेपाल केन्द्रीय उपाध्यक्ष मिङमा डण्डु शेर्पा, वाइसिएल प्रदेश अध्यक्ष डम्बर पुलामी लगायत नेताहरुले शुभकामना राखेका थिए ।













प्रतिक्रिया