पाँचथर । लिम्बु अर्थात याक्थुङ समुदायको पत्रकार बिचार, व्यवहार र विषय अनेकता रुपमा रहिआएकाहरुलाई सस्थागत गोलबन्द गराउन स्थापना भएको लिम्बु पत्रकार संघ सस्थागत समिति यकिन गर्न अग्रज पत्रकार हर्स सुब्बाको संयोजकत्वमा अध्ययन कार्यदल गठन भएको छ ।
नेपाल पत्रकार महासंघको पनि सस्थापक नेतृत्वको विवादले पत्रकार दुइ धारमा उभिरहेको प्रसंग अन्य पत्रकार संस्थाहरुमा पनि त्यो संभावना अन्त्य गर्न लिम्बु पत्रकार संघ केन्द्रीय समितिले अग्रज पत्रकार सुब्बाको नेतृत्वमा देबेन्द्र लिम्बु, प्रदिप मेन्याङबो, बिजयबोध लावती र निलिफा सुब्बा रहेको अध्ययन कार्यदल गठन गरेको हो । अध्ययन कार्यदलले तिन महिनामा प्रतिवेदन बुझाउने गरी गठन गरेको लिम्बु पत्रकार संघका केन्द्रीय अध्यक्ष शन्देस सुब्बाले बताए ।
लिम्बु पत्रकार संघको महाधिवेसन २०७३ मंसीर ४ र ५ गते ललतिपुर देस्रो महाधिवेसनमा तत्कालिन महासचिव बिजयबोध लावतीद्धारा पेस गरिएको सागठानीक प्रतिवेदनमा २०५५ मा सुर्य सम्बाहाम्फेको अध्यक्षमा ८ समिति र २ सल्लाहकार गठन भएको उल्लेख । ६ बर्षपछि २०६१ सालमा अइन्द्र सुन्दर नेम्बाङको अध्यक्षमा १४ जनाको समिति गठन भएको थियो । त्यस प्रतिवेदन साधारण सभाले अनुमोदन गरीसकेको छ ।
लिम्बु पत्रकार संघ सस्थागत स्थापनाको पारम्भ वा आधिकारी स्थापना मिति मनाइ नरहेको अवस्थामा नवनिर्वाचित कार्यसमितिले सस्था स्थापना मनाउने मिति आधिकारीक बनाउन अध्ययन कार्यदल गठन गरेको अध्यक्ष सुब्बाले बताए ।
लिम्बु पत्रकारको सस्थागत रुपमा गठन ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र काठमाण्डौ उपत्यका तथा विदेसमा गठन भएकाछन् । नेपाल र अन्य देशहरुमा गरी अहिले करिव ३०० जना बढि संख्या लिम्बु समुदायका पत्रकारहरु रहेको संघका महासचिव जीवन लिम्बुले जनाएको छ ।
संस्कृति, ऐतिहांसिक, भाषा र लिपी लगायतका गतविधी तथा विषय वस्तुले उजागर गर्दै संस्थागत संगठित, एकता, सहभागितामा मजबुत र सहयोग तथा सहकार्य बढाउन काम भएको संघका महासचिव लिम्बुले बताए ।













प्रतिक्रिया