समाचार

घरआँगनमा पुगेर सुरक्षा सेवा दिदै



पाँचथर ।    जिल्लामा ३८ स्थानका प्रहरी चौकि तथा इलाकाबाट हुने सेवालाई थप मजबुत बनाउन सुरक्षा टोलि दुर्गम गाउँघरमा पुग्ने गरेकाछन् ।   भौगोलिक विकट भएर सुरक्षा ब्यावस्थापन कठिनाइ हुने गरेको  भिरपाखामा छरीएर बसेको पाँचथरबासीले सुरक्षा सेवा दिन जिल्ला प्रहरी कार्यालयले घरदैलो अभियान गर्दैआएको छ । सर्वसाधरणले सुरक्षा सेवा पाए नपाएको र सुरक्षा कसरी दिनु सकिन्छ भनेर रायसुझावहरु संकलन गर्दैआएको प्रहरी नायब उपरिक्षक कैलाश कुमार बुडाथोकिले बताउनु भयो ।
जिल्लाको उच्च भु वनाट र अति जोखिम स्थानहरुमा प्रहरी चौकि तथा प्रहरी इकाइहरु स्थापना गरेर सुरक्षा सेवा दिदैआएका छन् । छरिएर बसोबास गर्दैआएका जिल्लाबासीको घरवस्तीहरुमा साप्ताहिक रुप जिल्लाको बिभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालयको सुरक्षा टोलि पैदल यात्रामा निस्कने गरेकाछन् । प्रहरी गस्ती टोलि घरआँगनमा पुगेर सुरक्षा सेवाका बारेमा जानकारी लिन थालेपछि सर्वसाधरणको सुरक्षा मनोबल बढेको भनाइ छ ।
चोरी, लुटपाट,  हत्याहिंसा लगायतको अपराधिक घटना न्युनिकरण पुर्व सचेना अभियानसंगै सुरक्षा नपाएका महसुस गरिरहेका गाउँबस्ती पहिचान गर्दै मनोबल बढाउन घरआँगनमा पुग्ने गरेको सुरक्षा टोलिमा खटिनु भएका पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार, ,