पाँचथर । खानेपानी वितरण भएको ४०बर्षपछि बल्ल फिल्टर ट्याङ्क बनेर स्वस्च्छ खानेपानी वितरण भएको भन्दै माथिल्लो गाउँबासीले खुशी भएकाछन् । गाउँबस्तीमा वृहत खानेपानी भए पनि त्यहि पानी पिउन नपाएर छुट्टै खोला तथा खोल्साको फिल्टर ट्याङकी बिना दुर्सित पानी वितरण हुदैआएको चारदसक बषएपछि बनेर राहत पगेको स्थानीय हिमल नेम्बाङले बताए । स्थानीय नेम्बाङका अनुसार फिल्टर ट्याङक बनेर स्थानीयले भत्तरेको आयोजना गरेर खुशीयाली बनाएका थिए ।
२०१८ सालबाट पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार बिस्तार भएको थियो । त्यहि बजारको गाउँ अर्थात वडा क्षेत्र माथिल्लो गाउँ हो । फिदिम बजारको क्षेत्र भन्दा माथिको बस्तीको त्यहि बस्तीमा २०३५ सालमै खानेपानी घरआँगनमा पुगेको थियो । तर बिना फिल्टर ट्याङक दुर्सित पानी पिउन बाध्य थिए । सिस्ने खोल्सा र नाम्दु खोलाको पानी सोझै उपभोक्ताको घरआँगनमा वितरण भएको चालिस बर्षपछि बल्ल फिल्टर ट्याक बनेर स्वस्च्छ खानेपानी वितरण हुन थालेको भन्दै त्यहाका उपभोक्ता भेला भएर भत्तेर खाएका स्थानीयले खुशी सुनाए ।
फिदिम नगरको मुख्य बजार माथिको गाउँमा साना सहरी आयोजनाको मुख्य खानेपानी ट्याङ्की पनि त्यहि बस्ती बिचमा छ । खानेपानी सरसफाइ डिभिजन कार्यालय पाँचथर पनि त्यहि छ । पानीको ट्याङ्की भन्दा माथिको बस्ती भएर आँखौ अगाडिको वृहत स्वच्छ खानेपानीको रिजर्भ ट्याङकिहरुमा भरिभराउ पानी जमिरहेको देख्ने त्यहाका स्थानीयले पानीको समस्या खेपिरहेका थिए । उपभोक्ता र खानेपानी डिभिजन कार्यालयको सामुहिक लगानीमा फिल्टर ट्याङक बनाएको साना शहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले जनाए ।
त्यहि बस्तीका लागि सिस्ने खोल्सा र नाम्दु खोलाको पानी वितरण हुदैआए पनि स्वस्च्छ पानी भने वितरण हुन नसकेको हो । करिव एकसय घरका लागि फिल्टर ट्याङ्क निर्माण गर्न खानेपानी उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालयको संयुत्त लगानीमा करिव चालिस लाखमा फिल्टर ट्याङ्क निर्माण गरेको डिभिजन कार्यालय पाँचथर प्रमुख देवनाथ यादवले जनाएका छन् ।













प्रतिक्रिया