शिक्षा

सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा



काठमाडौँ ।  सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच बुधबार भएको वार्तापछि नौ बुँदे सहमति भएको हो । महासंघसँग भएको सहमतिलाई मन्त्रिपरिषदको बैठकले अनुमोदनसहित निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले माग पूरा गर्ने निर्णय गरेसँगै विहिबारदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ । शिक्षा मन्त्री पन्तले मन्त्रिपरिषद् बैठकले मागहरु अनुमोदन गरेको जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकमा तत्काल पुरा हुन सक्ने माग मन्त्रिपरिषदले पूरा गरेको र कानूनसँग जोडिएको माग २०८२ असार १५ गतेभित्र शिक्षा ऐनमार्फत पूरा गर्ने सहमति भएको जानकारी दिनुहुदै अध्यक्ष सुबेदीले भोलिदेखि नै सबै शैक्षिक क्रियाकलाप सुचारु गरिने बताए ।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार, ,