अर्थ / वाणिज्य

सवारी साधनबाट पाँचथरमा मासिक पाँचलाखसम्म राजस्व संकलन



पाँचथर ।    सवारी साधन चेकजाँच गर्ने क्रममा बिभिन्न स्थानमा ट्राफिक आफैले कारबाहि भोगि रहेका बेला पाँचथर जिल्लामा भने ट्राफिकको सक्रियतामा बिगत बर्षहरु भन्दा दोब्बर बढिले राजस्व संकलन गर्न सफल भएका छन् । ठुला तथा साना सवारी साधनबाट रकम असुल हुने गरेको हो ।

दिनमा तिन पटक चेकजाँच गर्ने क्रममा मालबाहक, यात्रुबाहक र दुइपाङगे्र सवारी साधनबाट रकम असुल गरेर मसिक चारलाखदेखि पाँचलाखसम्म रकम संकलन गदैआएको ट्राफिक इन्र्चाज डम्बर बिक्रम दियालीले बताए ।

पाँचथर जिल्लामा पर्ने मेची राजमार्ग सडक र तमोर कोरीडोर फाष्टट्याक सडकमा नियमित चेकजाँच हुने गरेको छ । पछिल्लोसमय जिल्लाको भित्री गाउँघर जाने सडकहरुमा समेत सवारी साधन चेकजाँच गरेर बढि रकम संकलन गरेका हुन । जिल्लाको फिदिम बजार, राँके बजार गणेसचोक, नावाखोला, यासक बजार र रवि बजारमा नियमित चेकजाँच हुने गरेको छ ।

मापासे, सवारी र लाइसन नविकरण नभएको बिषयमा रकम असुल्दै आएका छन् । बिगत बर्ष सवारी साधनबाट मासिक डेरलाखदेखि दुइलाख रकम संकलन हुनेगरेको थियो । जिल्लामा ट्राफिक जनशत्ती बढाएर १५ जना भएसंगै चेकजाँच नियमित हुन थालेर राजश्व संकलन ह्वातै बढेको ट्राफिकले जनाएकाछन् ।

 

प्रकाशित : १५ बैशाख २०८२, सोमबार, ,