मोरङ । हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मोरङ विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
२०६१ साल वैशाख ६ गतेदेखि भूमिगत रुपमा प्रकाशन आरम्भ भएको तत्कालिन जनविद्रोह साप्ताहिक नै हाल हाम्रोमत दैनिकको रुपमा प्रकाशित हुँदै आएको हो। पूर्वाञ्चली जनसञ्चार सहकारी संस्था लि.द्वारा प्रकाशित यस पत्रिकाले कोशी प्रदेशको एक प्रभावशाली दैनिकको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई लगायत विशिष्ट उद्योगी व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो।
हाम्रोमत दैनिकले विशेषगरी भ्रष्टाचार, बेथिति, अराजकता र कुशासनको विरुद्धमा खोजमूलक समाचारहरु प्रकाशित गर्दै आएको छ। प्रदेश सरकार र प्रदेशसभाको निगरानी तथा खबरदारीमा यस पत्रिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
पुर्व प्रधानमन्त्री एवम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको आन्दोलन नभएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनलाई अपराध हुने बताएका छन्।
हाम्रोमत दैनिकको २२औँ वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री एवम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको आन्दोलन नभएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनलाई अपराध हुने बताएका छन्। उनले भने लोकतन्त्र र गणतन्त्रका लागि हुने संघर्ष र आन्दोलन मात्रै आन्दोलन हुन्। तर, तानाशाही ल्याउन, निरङ्कुशता लादन गरिने काम आन्दोलन होइन। हुनै सक्दैन। त्यो अपराध हो।’
अहिले पनि जनमत लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बारम्बार पुष्टि भएको उल्लेख गर्दै उनले बताए । ‘ मुलुक निरङकुशतातिर जान नसक्ने प्रचण्डले बताएका छन् । ‘प्रतिगामीहरुले हाम्रा केही कमजोरी देखाएर खेल्न खोज्दैछन्। त्यो सफल हुन्न ।’प्रचण्डले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चुनौती दिएकोप्रति उनले असन्तुष्टि प्रकट गरे। राप्रपा सदनमा पनि छ तर निषेधित क्षेत्र तोड्छु भनेर भन्न मिल्दैन। त्यो नमिल्ने कुरा हो।’
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीको व्यवस्था गरेको भएपनि त्यो प्रणालीसँग मिल्ने शासकीक स्वरुप छनौट नगर्दा समस्या भइरहेको पनि बताए । ‘शासकीय स्वरुप नेपालको अस्थिरताको कारण बनेको छ’ प्रचण्डले भने, ‘हामीले जुन व्यवस्थालाई अंगिकार गरिएको छ, त्योसँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली अपरिहार्य छ भन्ने हामीलाई लागेको छ ।’
अहिले अपनाएको नीजिकरण र उदारीकरणको मोडलबारे समीक्षा गर्नुपर्ने उनले बताए । यस्तै देशको मौलिक ऐतिहासिक सन्दर्भमा विकास भएको उत्पादन प्रक्रिया या हाम्रो संस्कृति, विधिलाई विकास गर्ने, परिमार्जन गरेर हाम्रो आफ्नै ऐतिहासिक सन्दर्भ र विरासतमा विकासको आफ्नो मौलिक मोडल अपनाउनु पर्ने पनि उनले बताए ।













प्रतिक्रिया