पाँचथर । पुल नभएर नागरिकलाई आवतजावत कठिनाइ हुनेगरेको छ । कतै भने दुइओटा पुल बनाएर निर्माणमा उपेक्षा गरेको दुर्गमबासीले गुनासो गर्दैआएकाछन् । सडक बनेर पुल बन्न नसकेका गाउँबस्तीहरुमा पुग्न अहिले पनि जोखिम यात्रा गर्नुपर्ने बाध्यता छन् । बनेका कतिपय पुलहरु पनि भेलबाढिले बगाएपछि नागरिकलाई यात्रा कठिनाई हुने गरेको छ ।
मेचिराजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ सिमानामा बग्ने काबेली नदिमा भारबहन क्षमता कम भएको भन्दै त्यसनदिमा २५ बर्ष अघि बनेको बेलिब्रिज पुलसंगै पक्की पुल बनेको छ । ब्यस्त रहेको मेचिराजमार्गमै पर्ने हेवा खोलामा पुल छैन । तमोर कोरीडोर सडकमा पनि खोलाहरुमा पुल नभएर जोखिम हुने गरेको छ ।
हालैको बर्षाले पुल बगाएर मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने पाँचथरको याङवरक गाउँपालिकाको बिभिन्न खोलाहरुमा बनेका पुलहरु बगाएर पुःन जोखिम यात्रा गर्नु परेको छ । फिदिम नगरपालिकामा पर्ने फेमे खोला र फालेलुङ गाउँपालिकामा पर्ने फेमे खोला र हेवा खोलाको पक्की पुलहरु पनि बगाएर जोखिम हुने गरेको छ ।
अन्य दर्जनौ स्थानहरुमा पनि पुल नहुदा सदियौदेखिको खोलाखोल्सीको जोखिम ज्युका त्यु रहेको नागरिकले दुखेसो गर्दैआएका छन् । पानी पर्न थाल्यो भने भेलबाढिले खोला खोल्सा तर्न सकिने अवस्था नहुने भन्दै जिल्लाबासी त्रसित हुनुपरेको जनाएकाछन् ।













प्रतिक्रिया