खेलकुद

छैठौं रवि गोल्डकप सोमबारबाट सुरु हुँदै



पाँचथर।     छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिता भोलि सोमबारबाट सुरु हुँदैछ । राइजिङ स्टार स्पोर्टिङ क्लव रवि पाँचथरको आयोजनामा पाँचथरको मिक्लाजुङ गाँउपालिकाको दुर्गा माविको खेल मैदान रविमा भोलीबाट छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो । गोल्डकप प्रतियोगिताका लागि सबै तयारी पूरा भएको क्लवका सचिव मदन राईले जानकारी दिएका छन् ।

पहिलो दिनको उदघाटन खेलमा आयोजक राइजिङ स्टार स्पोटिङ क्लव रवि पाँचथर र विदेशी पाहुना टीम भारतको यू के एफ सि कर्साङ बीच खेल हुने छ । रवि गोल्डकप प्रतियोगितामा दर्शकको सुविधाका लागि बाँसको अस्थाई प्यारापिट पनि निर्माण गरिएको छ ।

सेभेन साइटको खेलका लागि अस्थाई प्याफिट बनाए पछि ५ हजार दर्षकले सहज रुपमा खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने क्लवका अध्यक्ष विरेन्द्र राईले जानकारी दिनु भयो। छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिताको विजेताले ५ लाख र उप(विजेताले २ लाख ५० हजार पुरस्कार पाउने छन् । गोल्डकप प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण हनेछ । मयान अफ दि सिरिजमा १० हजार र अन्य विभिन्न विधामा ५ हजारका दरले पुरस्कार वितरण हुने सचिव राईले बताएका छन् ।

प्रतियोगितामा आठकर्ण एफ सि पाँचथर, सहलेस एफ सि सिराहा, लाइट गेट एफ सि काठमाडौ, इन्ट्र पथरी(११ मोरङ, बि बि एफ सि झापा, भारतका दुई क्लव राइजिङ स्टार स्पोटिङ क्लव फेन्सेटार दार्जिलिङ र कर्साङ एफ सि कर्साङ सहित ८ टिमको सहभागीता रहने छ ।

प्रतियोगिताको फाइनल खेल २०८२ साल बैशाख १ गते नयाँ बर्षको दिन हुनेछ । २०७० बाट प्रत्येक बर्ष आयोजना हुँदै आएको रवि गोल्डकप प्रतियोगिता कोरोना भाइरसको महामारीको लकडाउनका कारण राकिएको थियो । मिक्लाजुङ गाउँपालिका पाँचथर प्रवर्द्धक रहेको गोल्डकप प्रतियोगिताको टाइटल स्पोन्सर चौधरी ग्रुपको वाईवाईले गरेको छ ।

प्रकाशित : २४ चैत्र २०८१, आइतबार, ,