समाचार

थाइल्यान्ड लगानी र सहकार्यका खुलेका प्रधानमन्त्री ओली



काठमाडौं ।    प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् । प्रधानमन्त्री ओली ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा सम्बोधन गर्ने क्रममा नेपाली र थाइल्यान्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता फलदायी भएको बताएका हुन् ।

थाइल्यान्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसंख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्ने बताए ।

प्रकाशित : २३ चैत्र २०८१, शनिबार, ,