समाचार

डडेलोमा परी एकजनाको मृत्यु चारजना घाइते



पाँचथर ।     पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा डडेलोमा परि घाईते भएकी प्रतिमा सम्बाहाम्फेको मृत्यु, भएको छ भने अन्य चार जना गम्भिर घाइते भएाछन् । डडेलोमा परि घाईते भएकी पाँचथरको कुम्मायक गाँउपालिका–३ ताम्राखु जंगलमा लागेको आगोमा परि घाईते भएर प्रतिमा सम्बाहाफेको मृत्यु भएको छ ।

घाईतको  उपचारको लागी धरान घोपा अस्पताल लैजाने क्रममा धनकुटाको भेडेटार मृत्यु भएको जिल्लाा प्रहरी कार्याललय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी नायब उपरिक्षक कौलश बुढाथोकिका अनुसार घाँस काट्न जंगलमा गएका बेला डडेलोमा परि उनी घाईते भएकी थिईन । घाँस काट्न गएका उनीसँगै अन्य चार जना डडेलोमा फसेर घाइते भएका थिए ।

डडेलोमा परि सविना सम्बाहाफे, ११ बर्षिय शिवाना सम्बाहाफे र ६० बर्षिय निरमाया सम्बाहाफेलाई उपचारका लागि विपि मेमोरीय अस्पताल धरान पु¥याइएको छ । कुम्मायक (१ खाल्डेमा लागेको आगो निभाउन गएका सोहि ठाउँ निवासि ३१ बर्षिय खगेन्द्र विक लडेर घाईते भएका प्रहरीको भनाइ छन् ।

प्रकाशित : २१ चैत्र २०८१, बिहिबार, ,