काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भनिएको छ ।
बेवलकार निर्माण रोक्नका लागि अन्तरिम आदेशको माग गरिएको हुनाले विषयको प्रकृति र गम्भीरतालाई हेरी कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो । अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।











प्रतिक्रिया