काठमाडौं । संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने र गणतन्त्र विरोधी षड्यन्त्र गर्ने समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन छ दलनिकट युवा संगठनहरुले माग गरेका छन् । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुणदल, नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल, नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाललगायत ६ दलनिकट युवा संगठनहरुले संयुक्त विज्ञप्ति मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ अपराधजन्य गतिविधि कायम रहेमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै सम्बृद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्दै सामाजिक स्थायित्व र समृद्धिका व्यवस्था विरुद्ध हुने अपराधजन्य कार्यप्रति सचेत रहनसमेत विज्ञप्तीमार्फत आह्वान गरेका छन् ।
दुर्गा प्रसाईँको नेतृत्वमा आज तीनकुनेमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएर दुई जनाको मृत्यु भएको छ भने व्यवसायिक भवन, नीजी भवन, मिडिया हाउसमा समेत तोडफोड र आगजनी प्रति छ दलनिकट युवा संगठनहरुले भर्त्सना गरेकाछन् ।













प्रतिक्रिया