सभ्यता

लोपहुदै परम्परागत आराधरान



पाँचथर ।    काठ चिरानका लागि बनाइने आराधरान विरलै देख्न थालिएकाछन् । परापुर्व हातेआराबाट रुख कटान गरी काट काट्ने पेशानै लोप हुन थालेकाछन् । स्थानीय काठ कटान गरिने आराधरान विस्थापित हुनेगरी मेसिन प्रयोग हुन थालेर खासै प्रयोगमा नआएको हो । बिगत बर्षहरुमा सयौ मानीसले महिनौ लगाएर आराधरानबाट चिरान गर्ने काठ बटान पछिल्लो समय मेसिनबाट एकदिनमा चिरान गर्न थालेर आराधरान लोप भएको हो । उहिले प्रयाप्त देख्नसकिने त्यहि आराधरान यतिबेला गाउँघरहरुमा छिटफुट मात्रमा देख्न सकिन्छन् । यन्त्रबाट काठ चिरान हुने थालेर सयौे संख्यामा आराधरानबाट रोजगारी गर्नेहरु पनि विस्थापित हुन थालेको परम्परा काठ चिरान गर्दैआए श्रमिकहरुको गुनासो छ ।

बिगतका बर्षहरुमा पाँचथर जिल्लामा काठ कटान आराधरानहरु खेतबारी, आँगन तथा बलेसीहरुमा चिारन गरीरहेका प्रयाप्त देख्न सकिन्थ्यो । तर पछिल्लो समय यस्ता काठ कटान गर्ने शैलि छिटफुट मात्र देख्नसकिन्छन् । काठ कटान गर्ने हाते यन्त्र र भेजियर उद्योग स्थापनासंगै परम्परागत काठ कटान गर्ने आराधरान दुर्लभ भएका छन् ।

हातेकाठ चिरान गर्ने आराधरानले दैनिक एक हजारदेखि २५सय रुपैया बढि रकम बढी आम्दानी लिदैआएका थिए । आधुनीक हातेयन्त्र प्रयोगले केहि बर्षपछि परम्परागत काठ चिरानले आराधरान लोककथामा समिति हुने सामाजिक अगुवाहरुले चिन्ता ब्यत्त गर्नथालेका छन् । आराधरानमा काठ चिरा पर्ने पेशा क्रमस विस्थापित हुनथालेर आराधरानको परिचय दिनकै लागि प्रतिमा निर्माण हुन थालेकाछन् । परम्परा आराधरान बनाएर काठ चिरानलाई वन कार्यालयले अबैध भन्न थालेर आराधरान लोप भएको स्थानीयको गुनासो छ ।

प्रकाशित : १५ चैत्र २०८१, शुक्रबार, ,