राजनिति

राजाले कू गर्छन् भने हाम्रा राष्ट्रपतिले कू गर्न सक्दैनन् ः देउवा



काठमाडौँ ।    कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।

कसैले रहर गरेर हुने कुरा छैन । संविधान सभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन ।

उनले गणतन्त्रलाई नेपाली जनताले मानिसकेको बताउँदै यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्व सहितको संविधान बनेको बताए । राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन् । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’ देउबाको भनाइ थियो ।

प्रकाशित : १४ चैत्र २०८१, बिहिबार, ,