पाँचथर । छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिताको लागि खेल मैदान निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । राइजिङ स्टार स्पोर्टिङ क्लव रवि पाँचथरको आयोजनामा पाँचथरको मिक्लाजुङ गाँउपालिकाको दुर्गा माविको खेल मैदान रविमा हुन लागेको प्रतियोगिताका लागि खेल मैदान र बाँसको अस्थाई प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लवका सचिव मदन राईले जानकारी दिएका छन् ।
चैत २५ गतेदेखि सुरु हुन लागेको रवि गोल्डकप प्रतियोगितामा दर्शकको सुविधाका लागि बाँसको अस्थाई प्यारापिट निर्माण गरिएको हो । क्लवका अध्यक्ष विरेन्द्र राईले भन्नुभयो । प्यारापिट बनाएपछि दर्षकलाई खेल अवलोकन धेरै सहज हुनेछ । सेभेन साइटको खेलका लागि अस्थाई प्याफिट बनाएपछि ५ हजार दर्षकले सहज रुपमा खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ ।
छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिताको विजेताले ५ लाख र उप(विजेताले २ लाख ५० हजार पुरस्कार पाउने छन् । गोल्डकप प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण हनेछ । मयान अफ दि सिरिजमा १० हजार र अन्य विभिन्न विधामा ५ हजारका दरले पुरस्कार वितरण हुने सचिव राईले बताएका छन् ।
प्रतियोगितामा आयोजक राइजिङ स्टार स्पोटिङ क्लव रवि पाँचथर, आठकर्ण एफ सि पाँचथर, सहलेस एफ सि सिराहा, लाइट गेट एफ सि काठमाडौ, इन्ट्र पथरी(११ मोरङ, बि बि एफ सि झापा, भारतका दुई क्लव राइजिङ स्टार स्पोटिङ क्लव फेन्सेटार दार्जिलिङ र कर्साङ एफ सि कर्साङ सहित ८ टिमको सहभागीता रहने छ ।
मिक्लाजुङ गाउँपालिका पाँचथर प्रर्वर्द्धक रहेको गोल्डकप प्रतियोगिताको २०७० बाट प्रत्येक बर्ष आयोजना हुँदै आएको रवि गोल्डकप प्रतियोगिता कोरोना भाइरसको महामारीको लकडाउनका कारण राकिएको थियो ।











प्रतिक्रिया