पाँचथर । चैत्र ५ गते सम्पन्न पाँचथर जिल्लाको ४ वटै क्याम्पसमा भएको स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सहित अखिल(क्रान्तिकारी)ले दुइ अध्यक्ष सहितको पदाधिकार र सदस्य गरी १६ ले स्ववियु प्रतिनिधित्व गरेका छन् । बिद्यार्थीहरुको हक हितका निम्ती क्याम्पसमा भएको निर्वाचनको स्ववियुमा अखिल(क्रान्तिकारी)ले रवि क्याम्पसमा प्यानल निर्वाचित भएकाछन् । यासक क्याम्पसमा अध्यक्ष, कोषाध्यक्ष र एक सदस्य निर्वाचित भएकाछन् । पाँचथर क्याम्पसमा सचिब सहित दुइ सदस्य निर्वाचित भएका हुन । थर्पु क्याम्पसमा भने निर्वाचनमा निल भएको विद्यार्थी नेता संन्दिप तुम्रोकले जानकारी दिनुभयो ।
स्ववियु निर्वाचनमा अखिल (कान्तिकारी)ले यासक क्याम्पस र रवि क्याम्पसमा अध्यक्ष जितेको छ भने नेबिसंघले पाँचथर क्याम्पस र नेरास्ववियुले थर्पु क्याम्समा अध्यक्ष जितेको छ । अखिल(क्रान्तिकारी)ले स्ववियुको समानुपातिकमा भने पाँचथर क्याम्पसमा उपाध्यक्ष र रवि क्याम्पसमा उपाध्यक्ष, सहसचिव र एक सदस्य पाएका हुन ।
स्ववियुमा अखिल(क्रान्तिकारी)बाट निर्वाचित र समानुपातीक
रबि क्याम्पस
१. अध्यक्षः पुनम लावती
२. उपाध्यक्षः सुजा माखिम ( समानुपातीक)
३. सचिब ः रुपा थापा
४. सहसचिबः चाँदनी मगर ( समानुपातीक)
५. कोषाध्यक्षः रशु बिक
६. सदस्य ः बिकास राई
७. सदस्य ं इन्दुकुमारी राई
८.सदस्य ं सवनम मुखिया
९. सदस्य ं सपना थापा ( समानुपातीक)
यासोक क्याम्पस
१.अध्यक्ष ः तारामाया लावती
२. कोषाध्यक्षः हिमादेबी भण्डारी
३. सदस्य . मनोज खडका
पाँचथर क्याम्पस
१. उपाध्यक्षः मेरि आङ्देम्बे ( समानुपातीक)
२. सचिब ः सुजनकुमार तामाङ
३. सदस्य ः रिता बास्कोटा
४. सदस्य ः लक्ष्मी केरुङ











प्रतिक्रिया