समाचार

प्रेस चौतारीको महाधिवेशनमा उमेदारको दावि दिन नपाएपछि सर्वसम्मत चयन



विराटनगर ।     प्रेस चौतारी नेपालको १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा प्रतिनिधिको रुवाबासी चलेको थियो ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिए । उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरू बिष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन्। महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको जनाएकाछ ।

प्रकाशित : ११ चैत्र २०८१, सोमबार, ,