राजनिति

गणतन्त्रवादी तर्साउन राजा सब्द प्रयोग गरेको ः नेता शर्मा



पाँचथर  ।         राजतन्त्रको सब्द उच्चारण गरेर गणतन्त्र तर्साउन खोजेको नेकपा माओवादी नेता जनार्दन शर्माले बताउनु भयो । ब्यवस्था पुरै परिवर्तन भइसकेको अवस्थामा राजा भन्ने सब्द सोच र चाहान पुरौ अन्त्य भइसकेको बताउनु भयो ।
पाँचथर जिल्लाको फिदिममा हालै सम्पन्न स्ववियुमा निर्वाचीत भएका बिद्यार्थी सम्मान कार्यक्रममा नेता शर्माले नब्बे प्रतिशत बढि नागरिकले राजा नचाहेकाले पनि राजसस्था पुन आउने भनेको दिवा सपना मात्र भएको दाबि गर्नुभयो ।
सोहि कार्यक्रममा नेकपा माओवादीका उपमहासचिब  शर्माले बिद्यार्थीको उमेर हद बनाएर असली बिद्यार्थी संस्थाको रुपमा स्ववियु बनाएको जिकिर गर्नु भयो । नेकपा माओवादी पार्टी त्यहि निर्णयले आज स्वावियु चुनाबमा अखिल कान्त्रिकारीले सोचेभन्दा बढि बिजयी प्राप्त गरेको बताउनु । पाँचथर जिल्लामा रहेको चार ओटा क्याक्पमा भएको स्ववियु निर्वाचनमा अखिल कान्त्रिकारीले दुइ क्याम्पसमा र नेबिसं तथा अनेरास्ववियुले एकएक क्याम्पसमा अध्यक्ष जितेका बिद्यार्थीहरुलाई सम्मान गर्नुहुदै  उमेर हद लगाउदा केहिलाई असहज भएपनि असली बिद्यार्थीहरु आपसि निर्वाचनमा भाग लिएर बिजयी हुदाको खुशि अवस्था देखेर नेकपा माओवादी थप खुशी भएको बताउनु भयो ।
सोहि  समयमा पत्रकार सम्मेलन आयोजनामा पत्रकारको जिज्ञासामा नेता शर्माले नेकपा माओवादी पार्टी सरकारमा जान नचाहेको बताउनु भयो । सरकारले सुशासन गर्न छोडेर राम्रा कर्मचारीहरुलाई काम गर्न नदिएर कर्मचारीलाई निकाल्नमा अग्रसर हुन थालेको भन्दै आपति जनाउनु भयो । पत्रकारकै जिज्ञामा पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई हत्याएर आफु अध्यक्ष बन्न खोजेको मिथ्या आरोप बाहिरी हल्ला चलाएर चरित्र हत्या गर्न खोजेको बताउनु भयो । पत्रकार जवाफमा शर्माले पार्टी सुधार्न र देस बनाउन ः पुर्वाधार विकास, रैथाने भाषा सस्कृति संरक्षण,  जलस्रोत, शुसासन लगायतको दसओटा मुख्य बिषयहरु प्राथमिकता दिएर अग्रसर भएको बताउनु भयो ।

प्रकाशित : १० चैत्र २०८१, आइतबार, ,