पाँचथर । दुर्गमभेगमा बसोबास गर्ने र आर्थिक अवस्था समेत कम्जोर भएर उपचार पाउन नसकेरलाई राहत पुग्ने गरी शिविरबाट स्वास्थ्य शिविर संचालन गरेर करिव एकसय जनाले हाडजोड्नी शल्यु राहत पाएका छन् । शिविरबाट अन्य बाह्रसय बढिले सामान्य स्वास्थ्य उपचार सेवा पाएकाछन् । हाड भाँचिएर उपचार गर्न नसकेका र स्टील लगाएर निकाल्न नसकेर पिडादायी जिवन बिताइरहेका सर्वसाधरणले राहत पाएकाछन् । न्युनतम डेरलाखदेखि तिन लाखसम्मको खर्च हुने हाडजोड्नी शल्यु उपचार पाँचथर जिल्ला अस्पतालमा पाएकाछन् । घरआँगन नजिकै निशुल्क हाडजोड्नी सेवा पाएर गरीव नागरिकले खुशी ब्यक्त गरेकाछन् ।
जिल्ला काहिरको स्पतालमा पुगेर हाडजोड्नी उपचार लिन लामो समय लाग्ने धेरै खर्च हुने गरको हाडजोड्नी शल्युक्रिया सेवा जिल्लामै निशुल्क पाएर सर्वसाधरणले स्वस्थ्य सेवा र राहत पाएका हुन । हाडजोड्नी शल्युक्रिया शिविरले ताप्लेजुङ, तेह्रथुम र पाँचथरका गरिव परिवार बढि राहतक पाएकाछन् । सेवा लिनेहरुको केहि ब्यत्तिको जटिल अवस्थालाई रिफर गरेपनि शिबिरबाटै सफल शल्यु उपचार दिइउको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौका डाक्टर अनिल घिमिरेले बताउनु भयो ।
फिदिम नगरपालिकाको आर्थिक सहयोग र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौको स्वास्थ्य र प्राबिधिक सहयोगमा पाँचदिनको शिबिर जिल्ला अस्पतालमा संचालन भएको थियो । आर्थिक कम्जोर भएर उपचार नपाएर थलिएर बसेको सर्बसाधारको लागि हाडजोड्नी शल्युक्रिया शिविर संचालन गरेर सहयोग पुगेको फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनु भयो ।











प्रतिक्रिया