समाचार

तमोर कोरिडोर सडकमा कालोपत्रे सडक र पक्की पुल धमाधम बन्दै



पाँचथर ।      नेपालको पूर्वी हिमाल, पहाड र तराई आवतजावत सजिलो हुने गरी एकसय अरचालीस किलोमिटर तमोर कोरिडोर द्रुतमार्ग सडकमा कालोपत्रे बनेर आवतजावत सहज भएको छ । सडकले छोएका स्थानीयवासीको भने जीवनयापन सुधार हुन थालेकाछन् । धरान चतरा मुलघाटबाट पाँचथर जिल्लाको अमरपुरसम्म कालोपत्रे सडक र खोलाखोल्सीमा पक्की पुलहरु कजवे पनि निर्माण हूदैछन् । त्यस सडकले पुर्व पहाडको आधा दर्जन जिल्लावासीलाई तराइ पहाड आवतजावत गर्न राहत पुगेका छ । सोही सडकमा पर्ने चौधओटा खोला तथा खोल्सीहमा पुलहरु बन्न थालेर जोखिम यात्रा क्रमश सहज हुनथालेको भन्दै स्थानीय र यात्रूहरु उत्साहीत भएकाछन् ।

राष्ट्रिय गौरव आयोजनाकै रुपमा १० मिटर चौडाइको सडक कालोपत्रे धमाधम निर्माण भइरहेको छ । उत्तरी चिनको तिब्बत र दक्षीण भारतको जोगमूनी नाका जोड्ने छोटो दुरीको त्यस सडक अन्तरगत धनकुटा जिल्ला र पाँचथर पाँचथर जिल्लामा कालोपत्रे सडक निर्माण हुदैछन् । २०७४ सालबाट संघीय सरकारको ६ अर्ब २३ करोड ४९ लाख लागतमा कोरिडोर सडक सुरु गरेको थियो ।

२०७९ साल पुषमा सम्झौता गरी काम सुरु भएको त्यस सडकमा पर्ने हेवाखोला, नावा खोला र छर्रा खोला लगायतको मुख्य खोलामा पक्की पुल निर्माण भइरहेको साइड प्राविधिकले जनाएकाछन् ।

धरान चतरा मुलघाटबाट पाँचथर जिल्लाको हाङ्ठवासम्मको ६६ किलोमिटर सडक रौतह कन्टक्सन र हाङ्ठवादेखि पाँचथर अमरपूर फेदपासम्म एपेक्स कन्टक्शनले ४६ किलोमिटर कालोपत्रे सडक निर्माण भइरहेको निर्माणकर्ताले जनाएकाछन् ।

प्रकाशित : १ चैत्र २०८१, शुक्रबार, ,