समाचार

पाँचथर समाज नेपालको अध्यक्षमा लक्ष्मीराज तावा निर्वाचित



काठमाण्डौ ।   पाँचथर समाज नेपालको अध्यक्षमा लक्ष्मीराज तावा (विद्रोश) निर्वाचित भएकाछन् । बुधबार काठमाण्डौमा सम्पन्न अधिवेशनबाट तावा समाजको पाँचऔ अध्यक्ष निर्वाचित भएकाछन् । समितिका वरिष्ठउपाध्यक्ष भुमिका लिम्वु नेम्वाङ, उपाध्यक्षहरुमा वासुदेव अधिकारी, सुनिता कुरुम्वांङ, देवी प्रसाद काफ्ले, शान्ता वाँस्कोटा, दिलिप आँङवो निर्वाचित भएकाछन् । महासचिवमा हर्क वहादुर दाहाल, सचिव खिम सेलिंड र रामकाजी वान्तावा तथा कोषाध्यक्षमा निषा तुम्वापो र सह कोषाध्यक्ष कमल चन्द्र तामांड निर्वाचित भएको छन् ।

सदस्यहरुमा धन कुमार काम्वांड, नेत्र विक्रम योङहाँड, मान वहादुर आङवो, वद्री हिंमांङ, दुर्गा मायां आङदेम्वे, विन्देश्वर खनाल, मन्दिप कार्की निर्वाचित भएकाछन् ।
संघीय सांसद वसन्त कुमार नेम्वाड र संविधान सभा सदस्य, भीष्मराज आङ्देम्बे संरक्षक सदस्य बनेका ताराहाङ तावाले जनाएको छ ।
पाँचथर जिल्लाबासी काठमाण्डौ उपत्यकामा बसोबास गर्दैआएका सामाजिक एवं सहयोगी संस्थाका रुपमा २०६१ सालमा स्थापना गरेको हो । काठमाण्डौमा बसोबास गर्ने र त्यहाँ पुगेका पाँचथरवासीलाई नियमित सहयोग गर्दैआएकाछन् । जन्मभूमि जिल्ला पाँचथरमा हुने बाढि पहिरो, विपति लगायतको मानवीय एवं भौतिक क्षति भएकालाई आर्थिक र अन्य सहयोग निरन्तर गर्दैआएको निवर्तमान अध्यक्ष होम कुमार लावतीले बताउनु भयो ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार, ,