काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकार गरेको प्रयासप्रति आपक्ति जनाउनु भएको छ ।
कांग्रेस सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ कार्यसमितिले शनिबार बेलघारीमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले ‘ऊर्जा मन्त्रालयले निर्देशक घिसिङलाई पटक पटक सोधेको स्पष्टीकरणलाई लिएर महामन्त्री थापाले ‘किचकिच’ गरेको टिप्पणी गर्नुभयाे ।
ऊर्जा मन्त्रालयमा अन्तर्गत रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको प्रसङ्ग आफूले बुझ्न नसकेको उहाँले बताउनु भयो । बदनियत हो कि ढंग नपुगेको बेढंग हो,’ उहाँले भन्नुभयो, ‘तीन चार महिनामा सेवा निवृत्त भइसकेपछि एउटा राम्रो मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछाडि लागिरहेको सरकारले किचकिच गरिरहेको जस्तो देखिएको उहाँले बताउनु भयो। यस्ता कुरा ठिक र उपयुक्त नहुने उहाँको भनाइ थियो ।
महामन्त्री थापाले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी रहेका मन्त्रीहरूलाई सके राम्रो काम गर्न र नसके नराम्रो काम नगरिदिन आग्रह पनि गर्नुभयो । महामन्त्री थापाले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको बताउनु भयो । राम्रा काम गर्न नसक्ने हो भने कम्तीमा नराम्रा काम पनि नगर्न मन्त्रीहरूलाई सुझाव समेत दिनुभयो ।
ऊर्जा मन्त्री दिपक खड्कामाथि खनिएपनि महामन्त्री थापाले नेपाली कांग्रेसबाट सरकारमा सामेल अन्य मन्त्रीहरू पर्यटनमन्त्री बद्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र वनमन्त्री ऐनबहादुर शाही ठकुरीको कामको भने तारिफ गर्नुभयो ।











प्रतिक्रिया