समाचार

फोनिज प्रदेशले सहयोगी पाँच जनालाई सम्मान



सुनसरी ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश एक समितिको पदस्थापन सम्पन्न भएको छ । निवर्तमान कार्यसमितिले इटहरीको मुसहर वस्ती स्थित फोनिज प्रदेश कार्यालयमा बरबुझारत कार्यक्रमसँगै पदस्थापन भएको थियो । सोहि अवसरमा फोनिजलाई सहयोग गर्नुहुने पाँच जनालालाई कदर पत्रद्धारा सम्मान गरेको निवर्तमान अध्यक्ष शन्तवीर लामाले बताउनु भयो ।

फोनिज संघीय उपाध्यक्ष कमान देवानको प्रमुख आथितिमा भएको सो कार्यक्रममा अग्रज पत्रकार भैरव आङला, फोनिज प्रदेश एक निर्वाचन समिति एवं अग्रज पत्रकारहरु निलिफा सुब्बा, दिपिन राई र अधिवक्ता सन्त कुमार राईलाई कदर पत्र प्रदान गरेको हो । त्यसैगरी संस्थागत सहयोग गर्नुहुने लिम्बू पत्रकार संघ केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङ, फोनिज संघीय सदस्य सूजता लिम्बू र कार्यालय संचालन गर्न निशुल्क घर उपलब्ध गर्नुहुने मनु मोक्तान तामाङलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अग्रज पत्रकार प्रेस स्वतन्त्र सेनानी संजयसंतोसी राईले पहिचान मुद्धामा फोनिजकर्मि अग्रभागमा रहेर कलम चलाउन डकमगाउन नहुने बताउनु भयो । केन्द्रीय उपाध्यक्ष देवानले अनिजबाट फोनिज हुदासम्म धेरै उपलब्धी हाँसी गरे पनि आफ्नो मुद्धामा डटेर लाग्ने वातावरण अझै बन्न नसक्नु खास कारण सरकार आफैले भिजलान्ते खटाएर पहिचानका आन्दोलन तथा अभियान तुहाउने काम गर्दैआएको आरोप लगाउनु भयो ।

प्रकाशित : २४ फाल्गुन २०८१, शनिबार, ,