पर्यटन

पुन: फालेलुङ पर्यटन महोत्सव



पाँचथर  ।    पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ को संगम स्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा चैत १८ देखि २३ गतेसम्म आयोजना हुनेछ । महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी स्थानीयको आर्थिक लाभ हुने उदेस्यमा आयोजक तीन सिमाना जनसेवा समाज नेपाल अध्यक्ष योगेन्द्र सावदेन लेन्जोले जानकारी दिएको छ।
हिमालहरूको सुन्दर दृश्यावलोकन, दुर्लभ वन्यजन्तु हाब्रे अर्थात रेड पाण्डा अवलोकन, साहसी म्याराथन, फुटबल, घोडा दौड, याक राइडिङ लगायत विविध खेल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु महोत्सवका मुख्य आकर्षण हुनेछन्।

फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले त्यस क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु लगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिने र बहुमूल्य जडीबुटी पाइने क्षेत्र जैविक विविधता महत्व रहेकाले त्यस स्थानमा महोत्सव गरिएको जनाएकाछन् ।

महोत्सवमा स्थानीय तथा परम्परागत परिकार, रैथाने खानेकुरा जस्तै याङ्बेन, गुराँसको रक्सी, चौरीको घ्यू, छुर्पी, भेडाको उनबाट बनेका आसकोट, भेडाको घ्यू, मालिङ्गोको चोयाबाट निर्मित डालो–डोको प्रदर्शनी र प्रतियोगिता हुनेछन् । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन ले महोत्सवका लागि फालेलुङ गाउँपालिका मुख्य सहयोगले रहेको पालिका अध्यक्ष थाम्सुहाङले बताउनु भयो।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार, ,