समाचार

प्रदेश सरकारबाट पनि आम संचार विधेयक ल्याउने तयारी



विराटनगर ।     कोशी प्रदेश न्याय, प्रशासन तथा विधेयक समितिले आम सञ्चार सम्बन्धिको विधेयक ल्याउन लागेको छ । आमसञ्चार विधेयक दफावर छलफल विधेयक समितिमा भइरहेको छ । विराटनगरमा आमसञ्चार विधेयका बारेमा समितिमा छलफल भइरहेकोमा प्रदेशका चौध जिल्लामा रहेको पत्रकार संगठनसंगैे सम्बन्धित सरोकारवालासंग छलफल गरेर मात्र विधेयक ल्याउँने माग गरेपछि विधेयक समितिले छलफल बढाएको समिति सभापति प्रदेश सभा सदस्य कमला दर्नालले जानकारी दिनुभयो ।
प्रदेस सासद सचिवालय सभाहल विराटनगरमा विहिवार सचार संगठनहरुसंग दफावार फलफल सरोकारवलासंग राय सुझाव सङ्कलन गरेका छन् । मुख्य गरी सबै पत्रकार वा संचारको प्रतिनिधित्य गदै विश्तृत रुपमा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्काले राख्नु भएको थियो । अध्यक्ष खड्काले कानुन बनाउदा पत्रकार वा संचारमा अंकुश लगाउने गरी आउन लागेको हो भने हामी अहिलेनै खेद प्रकट गर्दछौ भन्नु भयो ।
छलफलमा प्रेस युनियन प्रदेश अध्यक्ष मिन कुमार नमोदित, पे्रस चौतारी नेपाल प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस सेन्टर नेपाल प्रदेश अध्यक्ष राजन समिप राई, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्दु पोख्रेल, प्रेस मञ्च नेपाल प्रदेश अध्यक्षले कानुन माथि राय राखेका थिए । त्यसैगरी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश अध्यक्ष बिजयबोध लावती, संचारिका समुह प्रदेश महासचिव बिनु तिम्सीना, दलित पत्रकार मञ्च, सामुदायिक रेडियो प्रसारक सघ, ब्यवसायिक रेडियो प्रसारक सघ र संसदीय पत्रकार मञ्चले आम सञ्चार विधेयकमाथि दफावर राय पेस गरेको थिए । पत्रकार वा सञ्चार संस्थाले खवरदारी मात्र गर्दैनन्, देस र समाजका रक्षक पनि हुन भनेर भुल्नै नहुने गरी आम संचार विधेयक आउनुपर्ने माग गरेकाछन् । आम संचार विधेयक समितिले न्यायोचित कानुन बनाउन पत्रकारको रायसुझाव अनुसार ल्याउने प्रयास भइरहेको समिति सदस्यले जनाएकाछन् ।
विधेयकमा प्रदेस सभासदस्यले पनि फरक मत जाहेर गर्ने सांसदहरु धेरै रहेकोले निष्कर्षमा पुग्न समय लाग्ने जनाएकाछन् ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार, ,