पाँचथर । फाल्गुनन्द गोल्डकप प्रतियोगिताको ११ संस्करणको खेलमा भएका आर्थिक विवरण सार्वजनिक भएको छ । पौष ६ गते देखी १५ गते सम्म फिदिममा सञ्चालन भएको फाल्गुनन्द गोल्डकपको पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो । खेलमा ८० लाख २९ हजार १ सय ५३ रुपैया उठेको र ८ लाख ६७ हजार १ सय ९ रुपैया उठ्न बाँकी रहेको आयोजक फिदिम स्पोटीङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले सम्मेलनमा जानकारी गरेका हुन ।
गोल्डकपमा ८८ लाख ९६ हजार २ सय ६२ रुपैया आम्दानी भएको थियो । खेलमा ८१ लाख ३८ हजार ४ सय ९१ रुपैया खर्च भएको थियो ।
२२ फाल्गुन २०८१, बिहिबार, ,











प्रतिक्रिया