पाँचथर । खेर गइरहेको ढूङगामा विभिन्न आकृती खोपेर लोभ लाग्दो बनाउने क्रम बढेको छ । पूस्तौदेखि बेकामे ढूङगाहरु चासो नदेआएको त्यहि ढूङ्गामा आकृवत बनाएर मानिसको गन्तव्य स्थान बन्न थालेका छन् । पाँचथर जिल्लाको फिदिम नगरपाालिका वडा नम्बर १३ को जेभाले हुक्माडाँडाको भीरपहरामा खेर गइरहेको ढूङगा हेरिरहौ जस्ता आकृति बनेर सबैको मन लोभ्याइ दिएको छ । प्रयोगहीन ढूङ्गामा खोपिएको सुन्दर आकृति हेर्नकै लागि नयाँ गन्तबव्य स्थल बनाएको निर्माण सम्योजनकर्ता गजेन्द्र राईले बताउनु भयो ।
त्यस ठुला ढूङ्गाहरुमा राष्ट्रिय विभूती गौतम बुद्ध, महागुर फाल्गुनन्द, सुम्नीमा पारुहाङ र शिवको आकृति बनाएर मानिसको पाइला नपुगेको त्यस स्थानमा यतिबेला आवलोकन कर्ताको जमघट बाक्लो हुन थालेको छ । स्वरुप बिनाको मनै अडिन नसक्ने स्थानमा आकृतिहरु खोपिएपछि मानिसको चहलपहल बढोको हो ।
सदीऔदेखि चासो र वास्ता नभएको त्यही ढूङ्गामा आकर्षण तथा लोप लाग्दो आकृती बनाएर मुत्तिकारले रोजगार पाएको छ । आगमन बढेर त्यसभेगका नागरिकको आयआर्जन बढेको स्थानीयले जनाएका छन् ।करिव सात रोपनीमा ओगटेको चट्टान क्षेत्र जोखिम तथा डरलाग्दो भीरमा यतिबेला आकर्षण बनाउन त्यस आसपास पदमार्ग, बनभोज क्षेत्र, अवलोकन पार्क र गुप्तेस्स्वर मन्दिर बनेर थप महिमा बढाइ दिएको छ ।











प्रतिक्रिया