समाचार

प्रशासकीय भवन र स्वास्थ्य भवन मन्त्री पौडेलद्वारा उद्घाटन



पाँचथर ।

पाँचथर जिल्लाको दुर्गम एवं विकट फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन तथा र पाँच शैयाको स्वास्थ्य अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शनिबार उद्घाटन गरेको छ । मन्त्री प्रदीप पौडेलले शनिबार भवन उद्घाटन गर्दै गाउँघरमै सहज स्वास्थ्य सेवा सुदृढ गर्न तीनै तहका सरकारको साझेदारीमा लगानीले पुर्वाधार आवश्यक सामग्रीहरु ब्यस्थापन गरी प्रभावकारी संचालन गर्नु पर्ने बताउनु भयो ।

फालेलुङ गाउँपालिका वडा नम्बर ३, नाम्लुवामा निर्माण भएको पाँच शैय्याको अस्पताल उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको संख्या वृद्धि र सुधार गनै स्वास्थ्यकर्मीको संद्यया बढाउने सरकार लागि परेको बताउनु भयो । स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यबाट मात्र सबै स्थानमा सेवा प्रभाह प्रभावकारी हुनसक्ने बताउनु भयो ।

“स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउन अस्पताल मात्रै बनाउने होइन, सेवा दिन आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्नुपर्छ,” मन्त्री पौडेलले भने, “संघीय सरकारले डाक्टर तथा उपकरण उपलब्ध गराउछ तर त्यसको व्यवस्थापन स्थानीय तथा प्रदेश सरकार बढि चासो दिनु पर्छं ।”
दुर्गम भेगका नागरिक सामान्य उपचार लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य संस्थाहरु गाउँघरमा निर्माण गर्दैआएको र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने चासो ब्यत्त गर्नुभयो ।

२०७८ सालदेखि नाम्लोवाको पाँच शैयाको अस्पताल निर्माण सुरु गरिएको थियो । संघीय र स्थानीय सरकारको १२ करोड २ लाख ३ हजार रुपैयाँ लगानी भएको छ ।  भवन उद्घाटनमा मन्त्री पौडेलले पूर्वाधार निर्माणसंगै दिगो सञ्चालनमा अव पालिकाका जनप्रतिनिधि बढि जिम्मेवार हुनपर्ने बताउनु भयो ।

प्रकाशित : १८ फाल्गुन २०८१, आइतबार, ,