अमेरिकी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच मिडियाकै सामुन्न भएको तिखो बहसले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो ।
घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । ‘तर, त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की यसरी आक्रामकताका साथ प्रस्तुत हुन्छन् भने वार्ता कसरी सम्भव हुन्छ रु जेलेन्स्की शान्तिसम्झौताको कुरा त गर्छन् तर सम्भवतः त्यो चाहँदैनन् । (समाचार एजेन्सी)











प्रतिक्रिया