सुनसरी । माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान कोशी प्रदेश अन्तर्गत झापाको कचनकवलबाट सुरु भएर बिहीबार साँझ मधेस प्रदेश प्रवेश गरेको छ । कोशी प्रदेशमा तराई–मधेस क्षेत्रका तीन जिल्ला केन्द्रित गरेर भएको यो अभियान उत्साहजनक रहेको माओवादी नेताहरू बताउँछन् । अभियानको अनुभव निकै नै उत्साहवर्द्धक रह्यो ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को झल्को देखेको यो पहिलो पटक भने होइन । केही महिना अगाडिदेखि नै प्रचण्डले ०६४ को झल्को देखेको भनिरहेका छन् । झापामा सानाठुला गरी ७ वटा कार्यक्रम भएको थियो । त्यस क्रममा ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेको माओवादीको दाबी छ । दोस्रो दिन मोरङमा तीन ठुलो खबरदारी सभा र आधा दर्जनभन्दा बढी भेटघाट कार्यक्रम गरेको माओवादीले यस क्रममा झण्डै ३ हजारभन्दा बढी नेता–कार्यकर्ता आफ्नो पार्टीमा भित्रिएको दाबी गरेको छ । यस्तै चौथो दिनको सुनसरीको अभियानबाट पनि ५ सयभन्दा बढी अन्य पार्टीका कार्यकर्ता पार्टीमा भित्रिएको माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो बताउँछन् । अभियानको सुरुका दिनदेखि नबिराइ प्रत्येक कार्यक्रममा हिँडिरहेका माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष नेम्वाङ धेरै राम्रो कार्यक्रम भएको दाबी गर्छन् ।
अभियानको सुरुका दिनदेखि नबिराइ प्रत्येक कार्यक्रममा हिँडिरहेका माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष नेम्वाङ झापा र सुनसरीमा आन्तरिक एकतामा केही समस्या देखिएको भए पनि मोरङमा धेरै राम्रो कार्यक्रम भएको दाबी गर्छन् । ‘सानासाना धेरै कार्यक्रम भएका छन् । हामीले ५ हजार मानिसलाई प्रवेश गराउने लक्ष्य राखेका थियौँ । त्यो करिबकरिब पूरा भएको छ,’ उनले भने ।
माओवादीको यो अभियान तराई–मधेसका २१ जिल्लामा केन्द्रित हुँदै कञ्चनपुरसम्म पुग्नेछ । दक्षिण भेगमा रहेका जनतासँग एउटा अपिल गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको कारण त्यसको भण्डाफोर गर्ने, आर्थिक विकास र समृद्धिको निम्ति जनचेतना अभिवृद्धि गर्ने र समाजवादको आधार तयार गर्ने माओवादी अभियान लक्ष्य छ ।











प्रतिक्रिया