सुनसरी । नेकपा माओवादी नेता सुदन किरातीले मुकुमलुङ माथीको राज्यको अतिक्रमण असोभनिय भएको बताएको छ । सुनसरीको इटहरीमा आयोजित किरात वन्तवा खिमको तेस्रो राष्ट्रिय महाअधिवेशन किरातीले “देश ढुङ्गा र माटोको सिमाना मात्र होइन नागरिक र उसको मुल्य मान्यता पनि देश हो। त्यसैले मुकुमुलुङ माथीको दमन देश माथीको दमन हो। राज्य आफैले माल खाएर देशद्रोही काम गर्दैछ । यि देशद्रोहीहरुलाई एक दिन इतिहासले जेल ठोक्ने छ।”
पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका किरातीले मुकुमलुङमा केवलकार विरुद्ध जनस्तरबाट चर्को विरोध भएपनि जनताको आवाजलाई राज्य शक्तिको बलद्वारा दबाउन खोजिएको आरोप लगाएका छन ।
“केवुलकार निर्माण कार्य तत्काल वन्द गरिनु पर्छ र हाम्रो देशको विकास र पुर्निर्वाधार निर्माण कस्तो हुने नेपाली सापेक्षतामा पुन इन्जीनियरिङ् गर्नुपर्छ । समुदायको सम्पदा र सास्कृतिक मन्यताहरु प्रति मुकुमुलुङमा जस्तै गर्ने हो भने के भोली पशुपतिमा र लुम्बिनीमा पनि यसै गर्न सक्छ । के दिने हो ? किमार्थ दिन सकिदैन । म मन्त्री हुँदा पनि पशुपति र लुम्बिनीमा विभिन्न विकासको एकहातमा योजना र अर्को हातमा घुस बोकेर आउँथे त्यो गर्नु मैले दिइन । प्रहरीको पहरा प्रयोग गरेर गरिने लगानीले लगानीकर्तालाई फाईदा नहुने ठोकुवा दिनुभयो ।
१६ फाल्गुन २०८१, शुक्रबार, ,











प्रतिक्रिया