पाँचथर । २०७४ साल भदौ २७ गते अविरल बर्षाले पहिरो जादा चार जनाको मृत्यु भएको थियो । गाउँघरनै पहिरोको घेराबन्दीमा परेको थियो । यहाँका ४५ घर पहिरोको उच्च जोखिममा रहेका थिए ।
करिव ७५ लाख रकम लगानीमा निर्माण गरीएको एकृकीत वस्ती बनाएको प्रयोगमा आउन नसकेर यतिबेला सुनसान भएको छ । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेस सरकार र फालेलुङ गाउँपालिकाको लगानीमा मेमेङको खोलाघरी रुन्छेबुङडाँडा पहिरो विस्थापीत परिवारको लागि निर्माण गरेकोआवास घरहरुमा नबसेर सरकारको लगानी खेर गएको होे । पहिरो विस्थापितको मन अडिन नसक्दा आधारभुत सुबिधायुक्त १५ ओटा बनेको सुन्दर आवास घर अलपत्र बनेको छ ।
बर्षाले पहिरोमा परी त्यसै असापसका एक्तीन, मेम्मेङ र प्राङ्बुङ गरी पहिरोले १ सय ५ परिवार विस्थापित हुन परेको थियो भने एकहजार जनसंख्या पहिरोको चपेटामा परेका थिए । पहिरा पिडितलाई घरबासका लागि बनाएको भवनमा विस्थापीत परिवार आफै बस्न मान्दैनन् । सहज घरमा बस्न नमानेर जोखिम पुखौलि घरमै बस्तै आएर प्रयोगहिन एकृकित वस्ती घरहरु अलपत्र भएको पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताउनु भयो ।











प्रतिक्रिया