समाचार

विद्यार्थीले नचायो वञ्चरो र तरवार, आफैंबीच झडप हुँदा दुई जना घाइते



विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल घाइते भएका हुन । आफूहरुको स्वीकृति बिना क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले वञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जसवन्त पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरु प्रशान्त यादव लगायतको टोली संलग्न रहेको बताइएको छ ।

प्रकाशित : १५ फाल्गुन २०८१, बिहिबार, ,