पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिकामा रहेको आठ ओटाविद्यालयको शैक्षिक सुधारका लागि दस करोड पचपन्न लाखमा विद्यालयको भौतिक निर्माण हुने भएको छ । हुमेन प्राक्टीक्स फाउडेसनले नगरपालिकामा रहेको विद्यालयको समग्र विकासका गर्न लागेको हो । नाजुक अवस्थामा संचालन भइरहेको दुरदराजको विद्यालयको समग्र विकास एव सुधार गर्ने भएपछि शिक्षक र अविभावक उत्साहित भएका छन् ।
डेनर्माकको कोपन हेगनमा मार्फत संचालन भएको हुमेन प्राक्टीक्स फाउडेसनले ताप्लेजुङ जिल्लामा ५८ विद्यालय, तेह्रथुम जिल्लामा २४ बिद्यालय र धनकुटाका जिल्लामा ९ओटा विद्यालयको भौतिक एवं शैक्षिक सुधारमा सहयोग गरिसकेको छ । पाँचथर जिल्लामा पहिलो पटक आठ ओटा बिद्यालय र क्रमस गरेर ४२ ओटा विद्यालयमा सहयोग गर्ने हुमन प्राक्टीक्स फाउडेसन संयोजक नरेन्द्र कुटवालले बताउनु भयो ।
पहिलो बर्षमा भवन तथा शौचालय निर्माण गर्ने । त्यसपछि क्रमस अन्य भौतिकसंगै शैक्षिक सुधारका कार्यक्रम पाँच बर्षसम्म गर्ने जनाएका छन् । सामुदायिक विद्यालयको ६ कोठा, आठ कोठा र दस कोठा पक्की भवन निर्माण हुने छन् । एकै बिद्यालयलाई एक करेड ३५लाखदेखि एक करोड ६०लाख रकम बराबर सहयोग हुने छन् । फाउडेसनको लगानी हुने बिद्यालयमा नगरपालिकाले पनि थप रकम लगानी गरेर विद्यालयको सुधारमा सहयोग गर्ने नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनु भयो ।
फाउडेसनले शैक्षिक सुधारमा पुस्तकालय, प्रयोगशाला, बिज्ञान प्रबिधी र जिवन उपयोगि सिप दिएर आत्मनिर्भर बिद्यार्थी तथा अविभावक बनाउने पंञ्चबर्षिय योजना संचालन गर्ने जनाएका छन् ।











प्रतिक्रिया