काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ । परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने ट्रम्पले बताउनु भएको छ ।
ट्रम्पले “हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ । हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,” ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भन्नुभयो “धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्।”
करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताउनुहुदै “हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं। हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,”
नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने ट्रम्पले बताउनुभयो । तर धनी रुसीहरुले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको पनि बताउनुभयो ।
“उनीहरू पहिलेजस्तो धनी छैनन्। मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्। मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताउनुभयो ।
ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भन्नुभयो, “हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँँ।”
“कसैले भन्यो, “के हामी यसलाई ट्रम्प गोल्ड कार्ड भन्न सक्छौंरु” प्रतिउत्तरमा मैले भने, भनेँ, “यदि यसले मद्दत गर्छ भने, ट्रम्प नाम प्रयोग गर्नुहोस्।”











प्रतिक्रिया