बिशेष

निषेधाज्ञा हटाए पनि आन्दोनरत पक्षको माग कायमै



ताप्लेजुङ।   पाथिभरा अर्थात मुकुमलुङमा केवलकार बन्न नहुने माग गर्दै आएका पक्षले कर्मचारीबाट वार्ता आव्हान गरे पनि माग कायमै रहेको छ । कर्मचारीसंग वार्ता नबस्ने अडान राखेकाछन् । यसअघिको ६ बुदे सहमती पालना नगरेपछि सहसचिवको संयोजकत्वमा वार्ता नबस्ने भन्दै केवलकार बनाउन नहुने पक्षले विज्ञप्ती जारी गरेका छन् ।
मन्त्रीस्तरीय वार्ता समिति हुनुपर्ने र ताप्लेजुङ लगायतको अन्य जिल्लाहरुमा पक्राउन परेकाहरुलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् । केवलकार निर्माण बन्द गरिनुपर्ने र ताप्लेजुङ काफ्लेपाटीमा रहेको सुरक्षाकर्मी हटाइनु पर्ने माग विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १३ गते राती ११ बजेबाट निषेधाज्ञा हटाउन सुचना गरी सकेको छ ।
यसअघि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सह सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै केबुलकारको बिषय वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई विज्ञप्तिमा मार्फत अनुरोध गरिसकेको छ ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार, ,