ताप्लेजुङ । ताप्लेजुङको फुङलिङबजार क्षेत्रमा आइतबार जारी गरेको निषेध आज राति ११ बजेबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले केवलकार निर्माणको विषयलाई लिएर भएको गतिविधि अन्त्य गर्न निषेधाज्ञा लगाएको थियो । फुङलिङबजार क्षेत्रमा दर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थिति सृजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण भन्दै ११ फागुन विहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो । जिल्ला शुरक्षा समितिको बैठक बसि निषेधाज्ञा मंगलबार राति ११ बजेबाट खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाई छ ।
१३ फाल्गुन २०८१, मंगलबार, ,











प्रतिक्रिया