पाँचथर। इकुस, बोडी, सिबि र काँक्राको थाङ्ना सुन्तलाको बोटलाई बनाउन किसान बाध्यता छन् । यसअघिका समय हाँगाबिगाले नथामेर टेका लगाउनु पर्नेगरि लटरम्म सुन्तला फल्ने त्यही बगानको सुन्तला बोट मर्न थालेर दाउरा र थाङ्ग्रा बनाउनु परेको छ ।
पाँचथरको फिदिम नगरपालिकाको माथिलो गाउँ, साम्दीन, लुङफाबुङ र कुम्मायक गाउँपालिकाको रानीगाउँमा सुन्तलाको बोट मर्न थालेर वैकल्पिक खेतीनै सुरु गरेका छन् । मनग्गै आम्दानी लिँदै गरेको सुन्तलाको बगान मर्न थालेर त्यही बगान मासेर अन्य खेती लगाएर जीवनयापनमा कठिनाइ हुने थालेको सामदिनका किसान लिला ढुङ्गानाको दुखेसो छ । जिल्लाका अधिकांश किसानको सुन्तला बगान मर्न थालेर निरास भएका छन् । बगानमा व्यापारीले उच्च मूल्यमा दिदैँ आएको त्यही सुन्तला बगान मासिन पुगेको छ । जलवायु परिवर्तन केही कारण भए पनि परम्परा शैलीमा सुन्तला खेती गरेर फलको मात्र आसा गरेर हेरचाह नगर्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र पाँचथरका कार्यालय प्रमुख महेश कुमार चौधरीले बताउनु भयो।
बिरुवालाई नियमित सिचाइ, मल तथा हानिकार कीरा र लागेको रोग निवारण नगरेर सुन्तला बोट मर्न थालेको पुष्टि छ । किसानको सुन्तला बगानमा पुगेर बोट बचाउने कार्य नगरे सुन्तला बोट पनि अन्त्य हुने सचेतना अभियान थालेको चौधरीले बताउनु भयो । नयाँ स्थानमा सुन्तला लगाउन क्रम बढेको बढेको छ । सुन्तलासँगै अन्य खेती लगाएर जरामा असर परेर बोट मर्ने र रोग लाग्ने गरेको छ । समयमै सचेत नहुने हो भने नयाँ बिरुवा त्यही हालत हुन थालेका छन् । जिल्लामा १५ हजार ११ घरपरिवारले सातसय ९१ हेक्टर जमिनमा सुन्तला खेती गर्देआएका छन् । २०८० सालमा सात हजार नौसय ४६ मेट्रिक टन बढि सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला रोपन र गोडमेल गर्ने हो भने पहिलेकै अवस्थामा सुन्तला उत्पादन हुने कार्यालयको भनाई छ ।











प्रतिक्रिया