पाँचथर। सरकारको लगानी खेर जान नदिन र बसपार्क उपभोग नगरेको भन्दै स्थानीयवासी र नगरपालिकाले सवारी बसपार्कमा पु¥याउने अभियान प्रभावकारी हुन सकेन । नगद जरिवाना असुल गरेर पाँचथर जिल्लाको फिदिम बजार अस्तव्यस्त सडक सहज बनाउन पल्लोटारमा रहेको बसपार्क सञ्चालन गरेको थियो । फिदिम बजार अस्तव्यस्त बनेर सुनसान भएको बसपार्क सञ्चालन गर्न कडाइ गरेपछि सवारी चालकहरूले अटेरी गर्दै आएका छन् । कारबाही स्वरुप जरिवाना असुल्न थालिए पनि सवारी साधन बार्पाकमा जान नचाहेको २ नम्बर वडा अध्यक्ष दीननाथ अधिकारीले बताउनु भयो । 
नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको २ नम्बर वडामा रहेको बसपार्क सङ्घीय सरकारको करिव दस करोड बढि रकम लगानीमा निर्माण भएको हो । त्यही बसपार्क सञ्चालन गर्नका स्थानीयबासीले दाइको आठ रोपनी सहित करिव दस रोपनी क्षेत्रफलमा बनेको बसपार्क उपयोगविहीन भएको छ । पूर्ण सञ्चालनमा ल्याउन नगरपालिका र स्थानीयले कडाइ गरेको छ । २०५५ सालबाट निर्माण सुरु गरेर २०७१ सालमा सम्पन्न भएको बषर्पाक सुनसान भएर सरकारको लगानी खेर जान नदिन सवारी काउन्टर सहितको सवारी साधन बसपार्कमा पु¥याएर संचालन गर्ने प्रयासहरु प्रभावकारी नभएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनु भयो । पटक पटक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि बसपार्कमा सवारी साधनको चहलपहल हुन सकेन । बरु फिदिम बजार भित्रको मेची राजमार्ग दायाबाया सवारी साधन पार्किङ गरेर बजार बसपार्क सुनसान भएको हो ।
सरकारले नयाँ शहरको रुपमा पूर्वाधार निर्माण गर्ने क्रम बढेर फिदिम बजार सुन्दर शहरको वातावरण बन्नको साटो सुन्दरतानै बिथोल्ने सवारी साधन बजारको सडक, चोर र गल्छीहरुमा मन्त्रतन्त्र पार्किङ बढ्दो अवस्थामा छन् ।











प्रतिक्रिया